हिमालयन बैंकबाट ३ संस्थापक बाहिरिए, ४ जना भित्रिए

  २०८१ साउन ११ गते ७:४९     विकासन्युज

काठमाडौं । हिमालयन बैंकबाट तीन जना संस्थापक बाहिरिएका छन् । संस्थापक सेयरधनी प्रभा गोयन्का भिमसरीया, राजेन्द्र भक्त श्रेष्ठ र अशोक अग्रवालले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका हुन् ।

बैंकका अनुसार प्रभा गोयन्काले १४ लाख ५१ हजार १८४ कित्ता, श्रेष्ठले १६ हजार ८१३ कित्ता र अग्रवालले ३१ हजार ६१५ कित्ता संस्थापक सेयर बिक्री गरेका थिए ।

उनीहरूले बिक्री गरेको सेयर खरिद गरेर बैंकमा ४ जना संस्थापक भित्रिएका छन् । बैंकका अनुसार गोयन्काले बिक्री गरेको सेयर निकिता कुमारी भिमसरीयाले ६ लाख १ हजार १८४ कित्ता र साक्षी कुमारी भिमसरीयाले ८ लाख ५० हवार कित्ता सेयर खरिद गरेका हुन् ।

यस्तै श्रेष्ठले बिक्री गरेको सेयर विष्णुमणि गौतम र अग्रवालले बिक्री गरेको सेयर खुश्बु चौधरीले खरिद गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.