नाइजेरियाको केन्द्रिय बैंकले ब्याजदर बढाएर २६.७५ प्रतिशत पुर्यायो

  २०८१ साउन ११ गते १०:१४     विकासन्युज

काठमाडौं । नाइजेरियाको केन्द्रिय बैंकले मंगलबार सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पुर्याएको छ ।

ब्याजदर २६.२५ प्रतिशतमा पुर्याएको दुई महिनापछि आएको यो कदम घरपरिवार र स्थानीय व्यवसायमा बढ्दो मूल्यको प्रभावलाई ध्यानमा राखेर गरिएको र मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउनका लागि आवश्यक उपायहरू मध्ये एक रहेको बताइएको छ ।

वर्षको सुरुवातदेखि, नाइजेरियाको शीर्ष बैंकले लगातार ब्याजदर बढाएको छ । जुन देशको निरन्तर मुद्रास्फीति दरलाई नियन्त्रण गर्ने उपायहरू मध्ये एक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.