२०८१ साउन ११ गते १०:५५ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा रहेको अडिटोरियल हलबाट मौद्रिक नीति वाचन गर्ने कार्यक्रम छ ।
राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरिसकेको छ । सञ्चालक समिति बैठक पनि सकिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.