मौद्रिक नीति बाचन लगत्तै अर्थमन्त्रीलाई भेट्न पुगे गभर्नर, पौडेलले भने, ‘धन्यवाद’

  २०८१ साउन ११ गते १६:४६     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडले र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेलगत्तै गभर्नर अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।

साथै अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई धन्यवाद दिँदै मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्ने टिप्पणी गरेका छन् ।

‘मौद्रिक नीति राम्रो छ, अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,’ अर्थमन्त्री पौडेलले भने ।

उनका अनुसार मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ । साथै मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरूलाई समाधान गर्न सहजीकरण गर्ने उनको भनाइ छ । साथै थप लगानीका लागि मनोबल बढाउने खालको नीति आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.