नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघसंगठनको ऐक्यबद्धता

  २०८१ साउन १३ गते १२:१७     विकासन्युज

काभ्रे । शिक्षक सरुवा लगायतका विषयलाई लिएर आन्दोलित नमोबुद्धका शिक्षकहरूको आन्दोलनमा जिल्लास्थि शिक्षक संघसंगठनले ऐक्यबद्धता जनाएका छन् ।

नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा र एकिकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष चेत लामाले हस्ताक्षर गरी संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नमोबुद्ध नगरपालिकाले ‘कानूनविपरित, पूर्वाग्रहपूर्ण तथा नियतवश र फगत आफ्नो निहीत उद्देश्य पूरा गर्न आम बालबालिकाको हितविपरीत’ गरेको सरुवाप्रति ‘घोर भत्सर्ना गरिएको छ ।

शिक्षक व्यवस्थापनको ‘तानाशाही स्वरूप’ देखाएको भन्दै शिक्षक संघ, संगठनहरूले समग्र शिक्षा प्रणालीलाई तहसनहस पार्ने कुरामा सचेत रहन र यी र यस्ता गतिविधिलाई खुलेर विरोध गर्न समग्र सरोकारवालामा अपिल समेत गरेका छन् ।

‘लोकहितविरुद्ध, कानुनविरुद्ध’ को कार्य रोक्न नमोबुद्ध नगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै ‘योजनाकार कर्मचारी’ लाई समेत शिक्षक र आम बालबालिकामाथि गरिएको ‘अमानवीय र क्रूर व्यवहार’को अन्त गरी गल्ती सच्याउन ध्यानाकर्षण गराइएको छ ।

नमोबुद्धभित्र कार्यरत सम्पूर्ण शिक्षक, अभिभावकलाई समेत यस्ता गतिविधिको विरुद्धमा डटेर लड्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.