२०८१ साउन १३ गते १५:५९ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौंका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले र्याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौंले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.