नेप्सेमा २० अंककाे गिरावट, फाइनान्समा झुमिए लगानीकर्ता

  २०८१ साउन १४ गते १५:१८     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ ।

सोमबार ७० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरिमा ३२५ कम्पनीको १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । सोमबार यस समूह १.८८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै ट्रेडिङ समूह ४.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड १२७ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सका लागनीकर्ताले ९.७७ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा आरम्भ चौतारी लघुवित्तका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.