सिद्धार्थ बैंकका ग्राहकलाई दूसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्म छुट

  २०८१ साउन १४ गते १७:३०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र दूसित प्रिन्सेस काठमाडौंबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसित प्रिन्सेस काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.