बढी पढेलेखेकाको रोजाइमा छैन विदेश, स्वदेश फर्केका अधिकांशको आम्दानी ४० हजार बढी

  २०८१ साउन १४ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च शिक्षा हासिल गरेकाहरुको रोजाइमा विदेश नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवद्र्धनका उपाय सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै उच्च शिक्षा हासिल गर्ने व्यक्तिहरुको वैदेशिक रोजगारीमा आकर्षण न्यून रहेको देखिएको हो ।

सामान्य लेखपढ वा निरक्षर व्यक्ति समेत वैदेशिक रोजगारीमा संलग्न रहेको प्रतिवेदन देखाएको छ । राष्ट्र बैंकले कुल ३८५ व्यक्तिमध्ये १४.३ प्रतिशतको शैक्षिक योग्यता कक्षा १२ वा सोभन्दा बढी रहेको छ भने १४ प्रतिशतले सामान्य लेखपढ गर्न मात्र जानेका छन् । सर्वेक्षणबाट अधिकांश व्यक्ति (४५.२ प्रतिशत) ९ देखि १२ कक्षासम्मको अध्ययन सम्पन्न गरी वैदेशिक रोजगारीमा जाने गरेको देखिएको छ ।

वैदेशिक रोजगारीमा सहभागीमध्ये कृषि पेशामा रहेका व्यक्तिहरूको संख्या सबैभन्दा बढी अर्थात २९.९ प्रतिशत रहेको छ भन ेत्यसपछि विद्यार्थी २४.४ प्रतिशत रहेका छन् । यस बाहेक बेरोजगार १४.५ प्रतिशत र जागिरेको संख्या १४.३ प्रतिशत रहेको छ । यसको अतिरिक्त विभिन्न व्यवसाय छोडेर पनि वैदेशिक रोजगारीमा जानेको संख्या ४.७ प्रतिशत रहेको छ ।

यस्तै, स्थलगत सर्वेक्षणमा समेटिएका कुल ३८५ व्यक्तिहरुले विभिन्न ३० मुलकहरुलाई रोजगारीको गन्तव्य बनाएको देखिन्छ । यसमध्ये १२.५ प्रतिशत भारत जान लागेको वा फर्किएका छन् । बाँकी ८७.५ प्रतिशतले भारत बाहेक अन्य मुलुकहरुमा जान लागेको वा फर्किएको उल्लेख गरेका छन् ।

भारत बाहेक अन्य मुलुकहरुमा रोजगारीमा जान लागेका वा फर्किएका मध्ये सबैभन्दा बढीको गन्तव्य मलेशिया रहेको छ भने त्यसपछि कतार, साउदी अरब, युएई र कुवेत लगायतका मुलुकहरु रहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका वा विगतमा कम्तीमा एक पटक गएका २७० व्यक्ति मध्ये १८.५ प्रतिशतको आय २० हजार रुपैयाँभन्दा कम रहेको छ भने करिब ५५ प्रतिशतको ४० हजार रुपैयाँभन्दा बढी रहेको छ । करिब एक चौथाईको आम्दानी २० देखि ४० हजार रुपैयाँ रहेको छ । स्थलगत सर्वेक्षणको क्रममा २० हजार रुपैयाँभन्दा कम आम्दानी हुनेमध्ये अधिकांश भारततर्फको रोजगारीमा रहेका छन् ।

नेपाल सरकार र राष्ट्र बैंकले विगतदेखि विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन गरिरहेको प्रयासको परिणाम स्वरुप सर्वेक्षणमा समावेश वैदेशिक रोजगारीमा रहेका जम्मा २७० व्यक्ति मध्ये ९२.२ प्रतिशतले विप्रेषण आय बंैक तथा वित्तीय संस्था र रेमिट कम्पनीहरु मार्फत नेपाल पठाएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये ७.८ प्रतिशतले मात्र साथी मार्फत्विदेशी मुद्रा पठाएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.