सडक पेटी अतिक्रमण गरी बनाईएका संरचना ७ दिनभित्र हटाउन निर्देशन

  २०८१ साउन १५ गते ७:३९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र सडक पेटी अतिक्रमण गरी बनाईएका संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिका नयाँबजार जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका सडक पेटी अतिक्रमण बनाइएका संरचना हटाउन निर्देशन दिएको हो ।

‘केही जग्गाधनी तथा मोहीहरूले सडकको दाँयाबाँया सडक पेटी अतिक्रमण गरी स्थायी÷अस्थायी संरचना निर्माण गरेको पाईएकाले त्यस्ता संरचनाहरू ७ दिन भित्र हटाई दिनुहुन अनुरोध छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यदि उक्त अवधिमा ती संरचना नियमानुसार अघि बढ्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.