एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

  २०८१ साउन १५ गते १०:५८     विकासन्युज

काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको आफ्नो प्रतिवद्धताबमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको बताएको छ ।

लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो भन्दै कम्पनीले यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको जानकारी दिएको छ ।

एनसेलले यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो भन्दै ‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको बताएको छ ।

लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्मदेखि टिभी सो, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका र पारिवारिक सामाग्रीहरु र विश्वका दर्शकहरुले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरु रहेका छन् ।

लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.