२०८१ साउन १५ गते ११:०६ विकासन्युज
काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लामा एकैदिन चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका- ७, बोवाङ, निसीखोला गाउपालिका -५, निसी, वडिगाड गाउँपालिका- २, खरबाङ र वडिगाड गाउँपालिका-७, भिमगिठेमा ४ वटा शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संस्थापक अध्यक्ष तथा सांसद देवी प्रकाश भट्टचनले गरेका हुन् ।
कम्पनीले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको बताएको छ ।
यसका साथै कम्पनीले यस प्रकारको अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएको छ ।
सञ्चालनमा आएका बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बैंकले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.