सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

  २०८१ साउन १५ गते १४:५१     विकासन्युज

काठमाडौं । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनेर प्रश्न गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकको शून्य समयमा उनले भने, ‘स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’

गत आर्थिक वर्षमा १ लाख १२ हजार ४ सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्यांक पेस गदै उनले यसका लागि १ खर्ब ५२ करोड रुपैयाँभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए ।

विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसईई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख गरे ।

राष्ट्रिय सभाको बैठकमा अधिकांश सांसदहरुले विपत व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारकालाई ध्यानर्काषण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.