बेरुजु नरहोस् भन्नेमा सरकारको जोड छ : प्रधानमन्त्री ओली

  २०८१ साउन १५ गते १५:०७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बेरुजु नरहोस् भन्नेमा जोड दिएर काम गरिरहेको बताएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

बेरुजुको मात्रा बढी देखाएर केही फाइदा नरहेको भन्दै डिक्लियर बेरुजुलाई कसरी समाधान गर्ने भन्नेमा संसदमा छलफल गरिरहेको उनले बताए ।

उनले त्रिभूवन विश्वविद्यालयको बेरुजु नबढेको पनि बताए । उनले अहिले त्रिविको बेरुजु २८ अर्बको देखिए पनि २ वर्षको सम्परीक्षण गर्न नपाउँदा ६ अर्ब बढी बेरुजु देखिएको बताए ।

उनले २ वर्षको सम्परीक्षण गर्ने हो भने २२ अर्बमात्रै बेरुजु रहेको बताए । बेरुजु बढेर भयावह स्थिति भएको नभइ पहिलाको स्थितिमा खासै सुधार ल्याउन नसकिएको बताए ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्दा कुनै समस्या नआउने पनि स्पष्ट पारे । अन्तिममा प्रधानमन्त्रीमै गएर समस्याहरू जुध्ने भएकाले विश्वविद्यालयका समस्या विभिन्न ठाउँमा पुर्‍याइ धाइरहनुभन्दा प्रधानमन्त्री नै कुलपति भएको खण्डमा सिधा सम्पर्क रहने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.