सेयर बजार ३५ अंकले बढ्दा होटल र फाइनान्समा उछाल, १७ अर्बको कारोबार

  २०८१ साउन १५ गते १५:२३     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६६९.६५ को विन्दुमा कायम भएको छ ।

मंगलबार १८९ कम्पनीको सेयर बढेको छ भने ४७ कम्पनीको सेयर घटेको छ भने ७ कम्पनीको सेयर स्थिर रहेको छ । सेयर बढे पनि कारोबार रकम भने घटेको छ । दिनभरिमा ३२९ कम्पनीको १७ अर्ब २६ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

लगानीकर्ताहरू होटल तथा पर्यटन समूह र फाइनान्स समूहमा झुमिएका छन् । सो समूहहरू क्रमश ५.९९ र ५.९८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै बैंकिङ समूह ०.७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयर रिइन्स्याेरेन्स सेयर कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

मंगलबार प्रोग्रेसिप फाइनान्स, बरुण हाइड्रोपावर, सानजेन जलविद्युत, नेपाल वेयरहाउसिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा एशियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.