नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

  २०८१ साउन १५ गते १६:३६     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ ।

कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूसहित कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब ३०० जनाको उपस्थितिमा काठमाडौंको सोल्टी होटलमा गाला कन्सर्ट सम्पन्न गरेको हो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसनसहित नेपालका चर्चित कलाकारहरू प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुति रहेको थियो भने चर्चित डिजे नानीको प्रस्तुतिमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

उक्त गाला कन्सर्टमा कम्पनीका उपकार्यकारी अधिकृतले नेशनल लाइफले सदाझैं अभिकर्ताहरूको चाहानालाई मध्यनजर गर्दै विभिन्न योजनाहरू ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको बताए ।

यस योजनालाई देशैभरिका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै योजना सफल भएको बताउँदै अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.