पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

  २०८१ साउन १५ गते १७:१८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् । उनले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरूको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले राजस्वको दर बढाउने नभइ दायरा बिस्तार गर्नुपर्ने बताए । उनले व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने भनाइ राखे । तत्काल करका दरमा हेरफेर गर्न नसकिने भए पनि सक्नेजति सहज बनाइने उनले बताए ।

उनले सेयर बजार मात्रै नभइ सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । उनले पोखरा विमानस्थल, भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन हुने खाद्यान्न गुणस्तरको भएमात्रै निर्यात गर्ने र आयात पनि गुणस्तरयुक्त भएमात्रै आयात गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

उनले तीन महिनाको समय दिएर गुणस्तरयुक्त खाद्यान्न उत्पादन गर्न किसानसँग आग्रह गर्न पनि निर्देशन दिए । उनले निजी क्षेत्रलाई हुने झन्झिटिलोको समाधान गर्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.