२० महिनापछि बन्यो राज्यका निर्देशक सिद्धान्त समिति

  २०८१ साउन १५ गते १७:२४     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाले २० महिनापछि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकले उक्त समिति गठन गरेको हो । संसदका १५ वटा समिति गत वैशाखमै गठन भए पनि यो समिति गठनमा दलहरूबीच सहमति हुन सकेको थिए ।

समिति सदस्यमा ठाकुर गैरे, दिलेन्द्र बढु, देवप्रासद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा दुसाद, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राई चयन भएका छन् । बैठकले यी नाम सर्वसम्मतिले पारित गरेको छ ।

कार्य व्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार सभामुख देवराज घिमिरेले समिति गठन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.