बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

  २०८१ साउन १५ गते १७:४३     विकासन्युज

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन् ।

११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिए । जुन बहुमत हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । मतदानमा नेमकिपा तटस्थ बसेको छ ।

त्यसअघि लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.