वायुसेवा सञ्चालक संघ भन्छ- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामकको कमजोरी छैन

  २०८१ साउन १५ गते १८:२९     विकासन्युज

काठमाडौं । गएको बुधबार सौर्य एयरलाइन्सको ९एन एएमई कलसाइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि बिग्रेको जहाजलाई उडानको अनुमति दिइएको भन्दै हवाई कम्पनी, नेपाल नागरिक उड्‌डयन प्राधिकरणलगायत नियमनकारी निकायमाथि प्रश्न उठेपछि वायुसेवा सञ्चालक संघ, नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

संघले वायुसेवा कम्पनीहरू हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको भन्दै काबुबाहिरको परिस्थितिमा हुने घटना तथा दुर्घटनालाई लिएर नियामकको भूमिकामाथि टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

संघले साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामककाे कुनै कमजाेरी नरहेकाे र यस्ता घटना नियामक निकाय कसैको नियन्त्रणमा नहुने भन्दै नकारात्मक टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो । संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा सदैव प्रतिबद्ध रहेको संघको भनाइ छ ।

प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त सुझावहरू अनुशरण गर्दै सदस्य वायुसेवा कम्पनीहरुले अक्षरस पालना गर्नुका साथै नियमनकारी निकाय प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरू पूर्णरूपमा पालना भए/नभएको बारे सम्बन्धित निकायले समय–समयमा अनुगमन गर्ने गरेको संघले जनाएको छ ।

यस्तै, संघले सञ्चारमाध्यममा भ्रामक तथा कपाेलकल्पित समाचार प्रकाशन हुनु दुःखद् भएकाे भन्दै कुनै पनि समाचार प्रकाशन गर्नुअतघि विशेष ध्यान दिन पनि आग्रह गरेकाे छ ।

गएको बुधबार नियमित परीक्षणका लागि पोखरा उड्नेक्रममा सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलमा दुर्घटना परेको थियो । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.