रिंगिटको भाउ बढ्यो, मलेसियामा रहेका नेपालीलाई फाइदा हुने

  २०८१ साउन १६ गते ६:०६     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले साउन १६ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७९ रुपैयाँ र बिक्रीदर १७२.५६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.४१ रुपैयाँ र बिक्रीदर ८७.८० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.९२ रुपैयाँ र बिक्रीदर २९.०५ रुपैयाँ तोकिएको छ ।

मलेसियन रिंगिटबाहेक अन्य देशको मुद्राको भाउ स्थिर छ । हिजो मलेसियन रिंगिट एकको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.