अर्थ सचिवमा डा. घिमिरेको प्रवेश, मरासिनीको फिक्का बिदाई

  २०८१ साउन १६ गते ६:२०     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेले जिम्मेगवारी समालेका छन् । यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो ।

मन्त्रिपरिषद्को बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । काविल मानिएका सचिव मरासैनीले २ पटक अर्थ सचिवको जिम्मेवारी पाए पनि उनको कार्यसम्पादन प्रशंशाजनक रहेन ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव डा. घिमिरेले अर्थ प्रशासनको सफल नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए । अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा मरासिनीले बजेट निर्माण लगायतमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै जुनसुकै ठाउँमा रहे पनि राष्ट्रका लागि योगदान गर्ने विश्वास व्यक्त गरे ।

अर्थ सचिव डा. घिमिरेले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई धन्यवाद दिँदै सबैको साथ लिएर अघि बढ्ने बताए । सचिव मरासिनीले जहाँ रहेपनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पर्दा अर्थ मन्त्रालयलाई सहयोग गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.