सिन्धु विकास बैंकका सीईओ गिरीले दिए राजीनामा

  २०८१ साउन १६ गते १०:४०     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् ।

सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए ।

साथै, साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ गिरीको राजीनामा स्विकृत गर्ने निणर्य गरेको हो ।

सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीलाई साउन १४ गतेबाट लागु हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.