हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त

  २०८१ साउन १६ गते १३:०७     विकासन्युज

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा रञ्जना दहाललाई नियुक्त गरेको छ ।

साउन १५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको कार्यकारी (प्रबन्धक सञ्चालक) अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले १६ गतेबाट लागु हुने गरी आगामी चार वर्षको लागि उनको कार्यकाल रहने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.