सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

  २०८१ साउन १६ गते १३:०७     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै साउन २९ गतेबाट उक्त सेयरको लकइन अवधि सकिने भएको जनाएको हो । साबिक सानिमा लाइफका संस्थापक र कर्मचारीसँग रहेको सेयर हाल लकइनमा रहेको छ ।

कम्पनीका संस्थापकसँग रहेको १ करोड ४० लाख कित्ता र कर्मचारीसँग रहेको ३ लाख कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।

कम्पनीको सेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ । लकइन खुलेपछि यी दुवै समूहको सेयर कारोबारमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.