२०८१ साउन १६ गते १४:०१ विकासन्युज
काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाको प्रतिफल वितरण हुने भएको छ ।
यी योजनाको प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार दुवै योजनाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सकिएको छ ।
योजना व्यवस्थापकको साउन १४ मा बसेको सञ्चालक समिति बैठकले गत आवका लागि लक्ष्मी उन्नति कोषका इकाइ धनीलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड २ का इकाई धनीलाई ४.५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । दुवै दर करसहित हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.