नेप्से ६४ अंकले बढ्दा काराेबार २२ अर्ब नजिक

  २०८१ साउन १६ गते १५:०७     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा कायम भएको छ ।

सेयर बढेसँगै कारोबार रकम पनि बढेको छ । दिनभरिमा ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । सो समूह ८.०८ प्रतिशतले बढेको छ । सूचीकृत १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।

कारोबार रकमको आधारमा आजपनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ८४ करोड ४९ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.