निर्माण उद्योगका समस्याबारे गृहमन्त्री लेखक र कानुनमन्त्री चौरसियालाई ब्रिफिङ

  २०८१ साउन १७ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियालाई भिन्दाभिन्दै भेट गरी निर्माण उद्योगमा देखिएका विविध समस्या बारे जानकारी गराएको छ ।

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको व्यवसायी प्रतिनिधिमण्डलले बुधबार गृहमन्त्री लेखक र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री चौरसियालाई भेटेर निर्माण उद्योगमा रहेका विविध समस्या बारे जानकारी गराएको हो ।

गृहमन्त्री लेखकसमक्ष महासंघले निर्माण व्यवसायीहरू र निर्माण उपकरणको सुरक्षा, जिल्ला दररेट, नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या, चेक अनादर, ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथि हुने ज्यादतीलगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।

व्यवसायीका गुनासो र समस्या सुनेपछि गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायी दुवै पक्ष आ–आफ्नो जिम्मेवारीबोध गर्दै अघि बढ्नुपर्ने बताए । यसैगरी, महासंघले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री चौरसियासमक्ष केही नेपाल ऐन संशोधनलगायत पूर्ण निर्माण उद्योगमैत्री ऐन कानुनका लागि अनुरोध गरेको छ ।

व्यवसायीका कुरा सुनेपछि कानुनमन्त्री चौरसियाले आफूले निर्माण व्यवसायीको पीडा बुझेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघ प्रतिनिधिमण्डलले मन्त्रीद्वयको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.