गभर्नरले आफूलाई असहयोग गरेको पूर्वअर्थमन्त्री महतको आरोप, ‘नयाँ अर्थमन्त्रीको कारण सेयर बजार बढेको होइन’

  २०८१ साउन १८ गते १८:१९     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको नेतृत्वबाट आफूलाई असयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । शुक्रबार अर्थसमिति बैठकमा धारणा राख्दै उनले आफू अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सहयोग नमिलेको बताएका हुन् ।

उनले आफू अर्थमन्त्री हुँदा गभर्नर अधिकारी समक्ष लचिलो नीति अगाडि सार्न र सेयर बजारमा लगाइएको सिमा हटाउन आग्रह गरेपनि उनले नमानेको बताएका हुन् ।

म अर्थमन्त्री हुँदा गभर्नरज्यूलाई केही लचिलो नीति ल्याउनु पर्यो भनेर आग्रह गरेँ । तर, उहाँले मान्नु भएन, अहिले नयाँ अर्थमन्त्रीज्यू आउनु भएको छ, सेयर बजार पनि बढेको छ । तर, अहिले सेयर बजार बढ्यो भन्दै अर्थतन्त्र सुधार भएको भन्न मिल्दैन,’ उनले भने ।

उनले आफू अर्थमन्त्री हुँदा पनि १८ सयमा रहेको सेयर बजार २२ सयसम्म पुगेको धारणा राखे । उनले अहिले नयाँ अर्थमन्त्री आएर सेयर बजार पनि बढेको र अर्थतन्त्र पनि सुधार भएको भाष्य सिर्जना भएपनि वास्तविकतामा त्यस्तो नभएको धारणा राखे । डा. महतले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकराीबीच ट्युनिङ मिलेर लचिलो नीति अवलम्बन गरेको पनि बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले महतको धारणाको जवाफ दिँदै गभर्नर र आफूबीच अन्य हिसाबभन्दा पनि वित्तीय सुधारका लागि ट्युनिङ मिलेको बताए । उनले निरन्तर बढेको सेयर बजारमा भित्रि कारोबार पनि हुन सक्ने भएकोले यसमा सजग रहनु पर्ने पनि बताएका छन् ।

उनले बैठकमा पनि सेयर बजार अर्थतन्त्रको ऐना भएको धारणा राखे । उनले मौद्रिक नीति र बजेटलाई एकसाथ राखेर अगाडि बढ्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.