२०८१ साउन २० गते १९:०९ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खुकुलो मौद्रिक नीति ल्याउँदा मान्छेको मनोबल बढेको बताएका छन् । आइतबार नेपाल अडिटर्स एशोसिएसन(अडान)काे १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
यो वर्षको मौद्रिक नीति गत गत वर्षको तुलनामा खुकुलो छ । नीतिगत सहजता गरेको भएपनि त्यसको नकारात्मक असर नपरोस् भन्ने विषयमा राष्ट्र बैंक सजग छ, खुकुलो मौद्रिक नीतिले बजारमा सबैको मनोबल बढेको देखिन्छ, काम गर्ने साहस बढेको छ,’ उनले भने ।
यस्तै, उनले नेपालको अर्थतन्त्रमा अडिटरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नेपालमा अझै धेरै अडिटको स्कोप (दायरा) रहेको रहेको पनि बताए ।
‘नेपालको अर्थतन्त्र कसरी शिथिल भयो भनेर अडिरलाई थाहा हुन्छ, संस्थाको आर्थिक स्थिति कसरी कमजोर बनेको छ भनेर एकएक गरेर हेर्ने भएकाले सबै थाहा हुन्छ,’ उनले भने ।
कार्यक्रममा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले पनि अडिटरहरुको प्रशंसा गरे । उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन अडिटरहरूले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए ।
अडिटरले आँखा झिम्क्याउँदा देश खतरामा पर्न सक्छ, त्यसैले कानुन पालनादेखि समग्र प्रणालीलाई चुस्त बनाउन लेखापरीक्षकले महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.