२०८१ साउन २१ गते ८:३९ विकासन्युज
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको नाफा १०.०७ प्रतिशत बढेको हो ।
बैंकले गत आवमा ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दाी गरेको थियो ।
यस्तै, बैंकको गत आवमा लाभांश वितरण क्षमता २९.८६ प्रतिशत रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ देखिएको छ ।
बैंकले गत आवमा २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
साथै बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ र जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ ।
यस्तै, बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३३६.०६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७१ प्रतिशत रहेको छ । अन्य बैंकको खराब कर्जा बढ्दा यस बैंकको भने घटेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.