२०८१ साउन २१ गते ९:५६ विकासन्युज
काठमाडौं । बैंकहरुको औसत लाभांश क्षमता ५.८५ प्रतिशत देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता ५.८५ प्रतिशत देखिएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको औसत लाभांश क्षमता ९.६५ प्रतिशत थियो ।
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको देखिएको छ । एभरेष्टको लाभांश क्षमता २९.८६ प्रतिशत छ भने स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता २६.५ प्रतिशत छ ।
यस्तै, नबिल बैंकको १४.२६ प्रतिशत, नेपाल एसबिआईको १०.७६ प्रतिशत र सानिमाको १०.४ प्रतिशत लाभांश क्षमता छ । अन्य ११ बैंकको लाभांश क्षमता एक अंकमा छ ।
यस्तै, कुमारी, हिमालयन, एनआईसी एशिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि यी बैंकले लाभांश वितरण गर्न सकेका थिएनन् । अघिल्लो वर्ष एनआइसी एशिया बैंकको लाभांश क्षमता ३०.५६ प्रतिशत रहेको भए पनि नियामकीय प्रावधानका कारण बैंकका सेयरधनीले लाभांश पाउन सकेका थिएनन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.