सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ५० हजार पुग्यो

  २०८१ साउन २१ गते ११:०२     विकासन्युज

काठमाडौं । सुनको भाउले नयाँ रकर्ड राखेको छ । आज सोमबार तोलाको ३ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य एक लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । हिजो आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.