राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा साढे ५ अर्ब, लाभांश क्षमता कति ?

  २०८१ साउन २१ गते १३:१९     विकासन्युज

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले ५ अर्ब ५५ करोड भन्दा धेरै खुद नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०८०/०८१ मा ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

जसमध्ये बसैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । मुक्तिनाथले १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गरिमा विकास बैंकले १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नाफा बढाउनेमा भने सांग्रिला डेभलपमेन्ट बैंक अगाडी रहेको छ । सांग्रिलाले गत आवमा ९२.४७ प्रतिशतले खुद नाफा बढाएको छ । यसैगरी कामना सेवा विकास बैंकले ६६.९३ प्रतिशतले नाफा बढाएको छ ।

लाभांश वितरण क्षमताको आधारमा पनि कामना सेवा नै अगाडी रहेको छ । कामनाको लाभांश वितरण क्षमता १०.९१ प्रतिशत रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.