२०८१ साउन २२ गते १६:०८ विकासन्युज
काठमाडौं । डिजिटल वालेट इसेवाको एप्लिकेशन गुगल प्लेस्टोरमा नदेखिने भएको छ । अनलाइन डिजिटल भुक्तानी वालेट सेवा कम्पनी इसेवा प्रालिको इसेवा एप्लिकेशन प्लेस्टोरमा डाउनलोड गर्न नमिल्ने भएको हो ।
केही समयअघिसम्म सामान्य रूपमा चलिरहेको इसेवा एप अचानक प्लेस्टोरमा नदेखिने भएको हो । तर, इसेवाले भने कम्पनी लिमिटेमा परिणत भएपछि विवरण थप गर्दा प्लेस्टोरबाट हटेको जनाएको छ ।
इसेवा प्रालि इसेवा लिमिटेडमा परिणत भएको र त्यससँग सम्बन्धित विवरण स्टोरमा अपडेट गर्नुपर्ने भएकाले डाउनलोड गर्न नमिल्ने भएको कम्पनीले जनाएको छ । प्लेस्टोरमा डाउनलोड गर्नका लागि २४ घण्टाको समय लाग्ने कम्पनीको भनाइ छ । तर, हाल डाउनलोड गरी सञ्चालनमा रहेका एपमा भने कुनै असर नपर्ने इसेवाले जनाएको छ ।
‘इसेवा लिमिटेडमा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डाटा यूनिभर्सल नम्बिरिङ सिस्टम (डीयूएनएस)मा अपडेट गर्ने क्रममा छ । त्यसकारण इसेवा एप अस्थाई रुपमा प्लेस्टोरमा उपलब्ध नभएको हो । तर, अहिले डाउनलोड भैसकेको इसेवा एपहरूलाई केहि असर पर्दैन,’ इसेवाले एक सूचनामा भनेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.