२०८१ साउन २३ गते १५:१५ विकासन्युज
काठमाडौं । नुवाकोटको सुर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको बुझिएको छ । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार रहेको बताइएको छ ।
चिनियाँ पर्यटकमा जुदाड टाङ, जी लि, यियाद, र जेमिङ सी रहेको बुझिएको छ । हालसम्म घटना स्थलमा चार जनाको शव भेटिएको बुझिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.