२०८१ साउन २३ गते १५:४५ विकासन्युज
काठमाडौं । नुवाकोटको सुर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको खुलेको छ । काठमाडौबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको निधन भएको हो ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको बुझिएको छ । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार रहेको बताइएको छ ।
यसअघि सन् २०१९ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । ९एन एमाई कल साइन भएको सो हेलिकप्टर चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथिभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । सो दुर्घटनामा एयर डाइनेस्टी तथा यति एयरलान्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको पनि निधन भएको थियो ।
अहिले टनामा एयर डाइनेस्टीको नेतृत्व पवित्रकुमार कार्कीले गरिरहेका छन् । उनी कम्पनीको प्रबन्ध निर्देशक छन् ।
नागरिक उडड्यन प्राधिकरणका अनुसार यस कम्पनीको हेलिकप्टर सन् २००६ मा ९एन एसीआर हेलिकप्टर धवलागिरी बेस क्याम्पमा दुर्घटनामा परेको थियो भने सन् २००५ मा पनि ९ एन एजीजी हेलिकप्टर रामेछापको ढोसेमा दुर्घटना भएको थियो । सो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.