२०८१ साउन २५ गते ८:०० विकासन्युज
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तले ५८ प्रतिशत बढी नाफा गरेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा झारेको छ । गत असारसम्म लघुवित्तले १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ६५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तले कुल सञ्चालन आम्दानी १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४७ करोड १६ लाख रुपैयाँ र वितरणयोग्य नाफा २८ करोड ११ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तले ५ अर्ब २४ करोड ५१ लख निक्षेप तथा सापटी १३ अर्ब १९ करोड ९४ लाख रुपैयाँ सापटी लिएर र २० अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९२ रुपैयाँबाट बढेर २९.२५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २४५.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.