खराब कर्जा बढ्दा एनआईसी एशियाको नाफा घट्यो, लाभांश क्षमता २५.०७ प्रतिशत

  २०८१ साउन २५ गते ८:३१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको नाफा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । जसकारण लघुवित्तको नाफा घट्न पुगेको हो । गत असारसम्म लघुवित्तले ९५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असारसम्म लघुवित्तको कुल सञ्चालन आम्दानी ९८ करोड ८७ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४३ करोड ६० लाख रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लघुवित्तको लाभांश क्षमता २५.०७ प्रतिशत छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ७५ करोड रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तले १ अर्ब ५४ करोड ७१ लख रुपैयाँ निक्षेप तथा १५ अर्ब १४ करोड २२ लाख रुपैयाँ सापटी लिएर र १५ अर्ब ९४ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १०.८८ रुपैयाँबाट घटेर ७.३१ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६८.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.