नागरिक लगानी कोषको नाफा १.१० अर्ब रुपैयाँ, जगेडा कोष ३५.७९ प्रतिशत बढ्यो

  २०८१ साउन २५ गते ८:५२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कोषले ९.९१ प्रतिशत कम नाफा गरेको हो ।

गत असारसम्म कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख रुपैयाँ, सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेर १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ गरेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेर ४५ करोड ५० लाख रुपैया गरेको छ ।

गत असारसम्म कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ र जगेडा कोष ३५.७९ प्रतिशत बढेर १८ अर्ब १५ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

कोषको नाफासँगै प्रतिसेयर आम्दानी २.२८ रुपैयाँ घटेर २०.७५ रुपैयाँमा झरेको छ । असार मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १७१.४५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.