२०८१ साउन २७ गते ८:५५ विकासन्युज
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४७४.३८ प्रतिशत बढेर ६ करोड ७६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड १७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेर २ करोड ९५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४० लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेर १ करोड ८० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्ग ११६.४२ प्रतिशत बढेर ११ करोड ६० लाख रुपैयाँ र लगानी पुनर्मूल्याङ्कन जगेडा १०५.५९ प्रतिशत बढेर ६० करोड ५३ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.५७ रुपैयाँ बढेर ५.५३ रुपैयाँ पुगेको छ । असारसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.९७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.