हिमालयन बैंकको दुई शाखा स्थानान्तरण

  २०८१ साउन २७ गते १७:१७     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरस्थित जाउलाखेल शाखा र धनुषास्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा सुरु गरेको छ ।

बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा– २ लाई जनकपुरधाम पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।

बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले गरे ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २७२ एटिएम र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.