आईएमई लाइफका सीईओ फुँयालको दोस्रो कार्यकाल स्वीकृत

  २०८१ साउन २९ गते ९:२४     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ ।

कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट २०८१ श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.