पानी पिउने तालमेल र २० रोगबाट बच्ने उपाय

  २०८१ साउन ३० गते १३:२९     सिताराम पंडित

विश्वको दुई तिहाई भाग पानी हो । यसैगरि मानव शरिरमा पनि तीन भाग मध्ये २ भाग पानीको मात्रा नै रहेको छ । यो दुबै कुराको कुनै कुनै रुपमा सम्बन्ध रहेको कुरा धेरैजसोलाई थाहा नै छैन । खाना बनाउन पानी, खाना खान पानी, कपडा धुन पानी, सौचालयको लागि पानी, पुजामा पानी, श्रादमा पानी हरेका चिजमा नै पानी आवश्यक रहेको देखिन्छ । यसैगरि खाना बिना केयौ दिनसम्म हामी जिवित रहन सक्छौ तर पानी बिना ३ दिनसम्म पनि बाँच्न मुश्किल पर्छ तसर्थ पानी बिना दैनिकी जिवनको कल्पना गर्न सकिदैन अर्थात पानी एउटा त्यस्तो चिजहो जसको बिना जिवन न पहिला सम्भव थियो, न हाल तथा भविष्यमा समेत कल्पना गर्ने अवस्था हुने छैन ।

तर, दुखको कुरा के हो भन्ने हामीले सबैभन्दा जरुरी चिजलाई नजर अन्दाज गरिरहेका हुन्छौ किनभने यो प्रकृतीले फ्रि मा दिएको उपहार हो । यसैगरि पानी कति बेला कति पिउने हेर्दा सानो कुरा हो तर ठुलै किसिमले असर गरिरहेको हुन्छ । जस्तै हार्ट, लिभर, डाइजेष्टिभ सिस्टम, किडनी फंक्सन, कपाल झर्ने तथा छाला सम्बन्धि आदी समस्या सबै पानी पिउने तरिका र पानीको मात्रामा भर पर्छ ।

पानी जिवन हो पानी हामी दिनहु पिउने गर्छौ तर पनि धेरैजनालाई पानी कति पिउने, कति वेला पिउने, कसरी पिउने सो बारेमा प्रायजसो अनभिज्ञ रहेको पाईन्छ । आयुर्वेदको कुरा मान्ने हो भन्ने पानी सहि तरिकाले पियौ भने त्यो एक औषधी हो तर गलत तरिकाले पियौ भने यो जहर हो अर्थात पानी शरीरमा जसरी जान्छ त्यसैगरि नै असर गर्ने गर्छ । पानीलाई बरदान बनाउने कि श्राप हाम्रै हातमा । यदि पानीलाई तालमेल मिलाएर पिउन सिक्यौ वा जान्यौ भने भनिन्छ २० पलस रोग लाग्नबाट जोगिन सकिन्छ । जस्तै पाचनसम्बन्धी, मृगौलामा पत्थरी, युरीनरी ट्रयाक्टस इन्फेक्सन देखि किडनी फेलुअर तथा आदी रोगहरु मात्र पानीको तालमेल गरेर पिउनाले जोगिन सकिन्छ ।

हामीलाई प्यास किन लाग्छ ? मेटाबिलिज्म अफ वाटर इन बडि हाम्रो ब्रेनको हाइपोथलामसमा थट सेन्टर हुन्छ जसरी हाम्रो बडिमा मोलालटि बढ्छ भने यो सेन्टर एक्टिभेट हुने गर्छ अर्थात बडिमा बडि फलुड बढेर गाढा हुन्छ र हामीलाई प्यास लाग्छ र हामी पानी खान्छौ तथा खाएको पानी पेटमा जान्छ र पेटमा पानी १५ देखि २० मिनेटसम्म मात्र रोक्ने गर्छ त्यसपछि बिस्तारै पानी आन्द्रा तिर बढछ साथै उक्त पानीको ९० प्रतिशत भाग सानो आन्द्रामा र १० प्रतिशत पानी ठुलो आन्द्रा हुदै मलद्धार भएर शरीरबाट बाहिर निस्कने गर्छ । सानो आन्द्रमा बसेको पानी रगतमा मिसिएर शरीरको विभिन्न भागमा पुगेर महत्पुर्ण कार्यहरु गर्ने गर्छन । जस्तै टेम्प्रेचर रेगुलेसन, इनर्जी प्रडक्सन तथा वेष्ट इलिमिनेस । यसैको साथ यो सेल्सको अस्मेटिक अस्मोटिक प्रेसर  पनि मेन्टन गर्ने गर्छ जसको कारण सेल्सहरु आफ्नो पार्टिकुलर सेपमा रहन्छ ।

अस्मेटिक अस्मोटिक प्रेसर  यति महत्पपुर्ण हो कि यसको गडबड हुन साथ सेल्स ब्रस्ट हुन सक्छ,बडिको सबै अर्गनहरुमा न्युट्रसन र अक्सिजन यसै द्धारा पुग्ने गर्छ साथै बडिमा बन्ने टक्सिन यसै द्धारा किडनी वा पसिनाको माध्यमबाट बाहिर निस्किने गर्छ अर्थात पानी एक काम अनेक । पानी हामी सधै पिउछौ तर हामीलाई कति पानी पिउनु पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । दि यूएस नेशनल एकेडमिज अफ साइन्स, इन्जिनियरिङ तथा मेडिसिएन अनुसार पुरुष व्यक्तिले दैनिकी कम्तिमा १६ गिलास तथा ३.७ लिटर र महिला वर्गले ११.५ गिलास तथा २.७ लिटर दैनिकी पिउने गर्नु पर्दछ । यसैगरि यो मात्रामा पनि हामी अवस्था अनुसार अझै केहि मात्रा बढाउन पर्ने हुन्छ जस्तै शारिरीक अभ्यास गर्दा पसिना बढि आउने, गर्मीमा बढि पसिना आउने अवस्थामा उल्लेखित मात्रामा अझै पनि बृद्धि गर्नु पर्ने हुन्छ । हाम्रो शरीरबाट ३ किसिमले पानीको मात्रा बाहिर निस्कने गर्छ, पसिना, पिशाब र मल्ल तथा यि तिन वटै अन्तर्गत कुनैपनि माध्यमबाट पानीको मात्रामा बृद्धि भएमा पानीको मात्रामा बृद्धि गर्नु पर्छ हैन भने हामी निर्जलीकरणको सिकार हुन सक्छौ, जस्तै बढि शारिरीक अभ्यास  गर्दा पसिनाको मात्रा बढि वा गर्मिको कारणले पसिनाको मात्रामा बृद्धि, पटक पटक पिशाब लाग्नु वा झाडापखाला भएको अवस्थामा पानीको मात्रामा अझैपनि बृद्धि गराउनु पर्छ । एउटा अध्ययनको प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्याको ४० प्रतिशत व्यक्ति शरीरलाई आवश्यक्ता भन्दा कम पानी पिउने गर्छन । तथा यस मध्ये प्रायजसो मानिसहरु हल्का निर्जलीकरणका सिकार भएको पाइन्छ ।

यदि आवश्यक्ता भन्दा कम पानी पिएमा निर्जलीकरण हुन सक्छ जसको असर तत्कालै नदेखिए पनि बिस्तारै छाला सखा हुने किडनीमा स्टोन, कब्जियत, ग्यास वा थकान जस्तो समस्याहरु उत्पन्न हुन सक्छ । यसैगरि कतिपयले समाजिक संजाल तथा अन्य माध्यमबाट पानी धेरै पिउने भनि सुनेको भरमा आवश्यक्ता भन्दा बढि पानी पिइरहेको देखिन्छ कतिपय एक बोतल एकै पटक तथा कहिले काही सो भन्दा पनि बढि खाने गर्दछ जुन बिल्कुलै गलत अभ्यास हो । पानी आवश्यक्ता भन्दा बढि पिउनाले किडनीलाई बढि भन्दा बढि काम गर्नु पर्ने हुन्छ जसले गर्दा किडनीमा प्रेसर पर्न जान्छ । हाम्रो किडनी घण्टामा बढि भन्दा बढि १ लिटरसम्म पानीलाई फिल्टर गर्छ यदि कसैले सो भन्दा बढि पानी खाने गरेको भए सो पानी फिल्टर हुदैन र रगतमा पानीको मात्रामा बृद्धि हुन्छ जसले रगतमा मौजुदा सबै माइक्रो माइक्रो न्यूट्रेन डायलुड हुने गर्छ र यसमा सबै भन्दा महत्वपुर्ण हो सोडियम र रगतमा सोडियमको मात्रा कमि भएमा हार्ट र ब्रेनमा नकारात्मक असर पार्छ ।

ब्रेनमा सिगलन ट्रान्समिसन प्रोपरली हुन सक्दैन जसले गर्दा हेडेक, कन्फयुजन र चक्कर पनि आउन सक्ने अवस्था हुन सक्दछ । यसका अतिरिक्त ब्लड प्रेसर कमि हुनु, हार्ट रेट पनि कमि हुने जस्ता संभावना हुन सक्छ । यसैगरि इन्डाइजेशन, लुज मोशन, फ्रिक्वेन्ट डयुरजेसन तथा शरीरमा पानी जम्ने र शरीरको भाग सुनिने जस्ता रोगहरु जस्तो पानीलाई आवश्यक्ता भन्दा बढि पिउदाँ खेरी हुन सक्छ । त्यसैले आवश्यक्ता भन्दा बढि पानी पउने गर्नु हुदैन तथा दिनभरिमा ५ लिटर भन्दा बढि र १ घण्टमा ७५० मिलि ग्राम भन्दा बढि पानी पिउनु हुदैन । एक पटक पानी पिइसकेपछि ४० देखि ४५ मिनेट पछि मात्र अर्को पटक पानी पिउने गर्नु पर्छ । त्यसैले पानी आवश्यक्ता भन्दा न थोरै न त धेरै पिउने गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम भए, नभएको सजिलो तरिका हो युरिन कलर, यदि युरिनको कलर गहिरो पहेलो छ भने शरीरमा पानीको मात्रा कम हो भन्ने बुझिन्छ यदि युरिनको कलर समान्य पहेलो छ भने पानीको मात्रा ठिक हो भने सम्झिनु पर्छ । हाम्रो शरिरमा आवश्यक पानीको २० प्रतिशत भाग खानाबाट हामी प्राप्त गर्ने गर्छौ भने बाकी भाग पानी नै पिएर पुर्याउनु पर्ने हुन्छ । शरिरमा बिहानै उठना साथ पहिलो चिज पानी नै खाने गर्नु पर्छ र बिहानको पानी खादा मुखलाई सफा नगरि पहिला पानी पिउनु उत्तम मानिन्छ , किनभने हामी रात्री सुत्दा हाम्रो मुखमा रयाल आउने गर्छ र त्यो रयाल चाहि खाना पचाउनलाई अमृत तुल्य औषधी जस्तै हो तथा बिहान मुख सफा गर्ने क्रममा रयाल फालिन्छ जुन पाचनको लागि महत्पुर्ण भाग हो । तसर्थ बिहान उठनासाथ मुखलाई सफा नगरि सकेसम्म मन तातो पानी १ देखि २ गिलास इच्छा अनुसार खाएर दिशा गर्न जादाँ पेट पनि राम्रो सँग सफा हुने कब्जियत जस्ता समस्याहरुबाट छुटकारा समेत पाउन सकिन्छ ।

पानी खाने सही समय

-बिहान उठना साथ १ देखि २ गिलास मनतातो पानी पिउने गर्नु पर्छ ।

-खान खानु अघि ३० मिनेट देखि ४० मिनेट सम्म १ गिलास पानी पिउने गर्नु पर्छ ।

-खाना खादै सकेसम्म पानी पिउनु हुदैन यदि पिउनै परे १ देखि २ घुटसम्म खादाँ खासै फरक पर्दैन ।

-खाना खाएको १ घण्टा सम्म सकेसम्म पानी पिउनु हुदैन यसो भएमा खाना खादाँ पेटमा खाना राम्रो सँग पच्दैन किनभने खाना पेटमा जाने बित्तीकै पेटबाट खाना पचाउने तत्व बल्छ र खानालाई पचाउने कार्य गर्ने गर्दछन र तत्काल पानी पिउदा पेट भित्र खाना पचाउने यन्त्रले राम्रो सँग काम गर्दैन तथा खाना राम्रो सँग पच्दैन,उदाहारणको लागि आगो बलिरहेको बेला चुलोमा १ देखि २ गिलास पानी चुलोमा राख्दा चुलो निभ्ने र खाना नपाक्ने झै खाना खाने बित्तिकै पानी खाएमा खाना रामरी पच्दैन र कब्जियत तथा अन्य बिरामीहरु बिस्तारै देखापर्छ ।

-आर्युवेदको नियमानुसार शरीरको तापक्रम भन्दा चिसो पानी खानु हुदैन, धेरै चिसो पानी पिउदा शरिरमा कमजोरी आउने तथा फ्रिजको धेरै चिसो पानी पिउनाले हार्ट अट्याकसम्म हुन सक्ने संभावना हुन सक्छ ।

-लामो समयसम्म पानी नपिउने र एकैचौटी धेरै पानी पिउनाले पाचन प्रणाली र मृगौलालाई प्रत्यक्ष असर पार्न सक्छ त्यसैले हरेक १ घण्टाको सेरोफेरोमा १ गिलास पानी पिउने गर्नु पर्छ ।

-दिउसो पानी धेरै र रात्री पानी कम गर्दै जानु पर्छ साथै रात्री सुत्ने बेलामा केहि मात्रामा भएपनि पानी खाएर सुत्ने बानी गर्नु पर्छ ।

-पानी उभेर कहिल्यै पनि खानु हुदैन,उभेर पानी पिउदा उक्त पानी पेटमा लामो समयसम्म रोकिदैन, सिधा आन्द्रामा पुग्ने गर्छ र त्यहाँबाट रगतमा र रगतबाट सिधा किडनीमा गएर लोड बढाउने कार्य गर्छ । जब हामी उभेका हुन्छौं बढि फाइटर फल्याट मोडमा हुन्छ जसको कारण कुनै पनि चिज प्रोपरलि युटुलाइज हुदैंन । बसेर पानी खादा शरीर अरामदायक मुडमा हुन्छ ।

-आजभोलि अर्को पनि के देखिन्छ भने मानिसहरु बोतलबाट सिधा पानी खाने गर्छन् यसो गर्दा पानी संग हावा पनि शरीरमा प्रवेश गर्ने, एसिडिटि हुने,जौवाइनट पेन हु्ने,सँगै २१ वटा अलग-अलग समस्या शरीरमा देखा पर्न सक्छ ।

-कुनै फ्रुटलाई खाएर वा चिसो तातो खाएर तत्काल पानी पिउनु हुदैन ।

सही तरिकाले पानी पिउदाँका फाइदाहरू

-हाम्रो शरीरको तापक्रमलाई रेगुलेट गराउछ ।
-हामीले खाएको खानेकुरालाई पचाउनमा सहयाता प्रदान गर्छ ।
-शरीरको विकार तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ ।
-यसबाट शरीरमा ब्लेड प्रेसर मेन्टन हुन्छ ।
-यसले खनिज र पोषक तत्वहरुलाई पहुचँयोग्य बनाउछ ।
-शरीरको तौल न्यूनिकरण गर्न सहयोग पुर्याउछ ।
-व्यायामको बेला प्रदर्शन गराउछँ ।
-यसले मष्तिस्क, मेरुदण्ड र अन्य संवेदनसिल तन्तुहरुलाई कुशल राख्न सहयोग गर्छ ।
-पानी नियमित पिउनाले छालाको स्वास्थ्य र सौन्दर्य बढाउछ ।
-यसले शरीरको सम्पूर्ण भागमा अक्सिजनको मात्रा पुर्याउछ ।
-शरीरको विभिन्न जोड्हरुलाई लुब्रिकेटको कार्य गर्छन् ।
-कब्जियतलाई न्यूनिकरण गराउन सहयोग पुर्याउछन ।
-पानीको नियमित सेवनले शरीरमा ग्यास बन्ने कार्यमा समेत न्यूनिकरण गर्छ ।
-यसबाट हयागं ओभरको संभावनालाई न्यूनिकरण गराउछ ।
-पानीको नियमित मात्रा मिलाएर खान सकेमा यसबाट किड्नी डयामेजबाट बचाउने साथै समान्य किसिमको पत्थरी देखिएमा पानीको मात्रा बढाएर खानाले मुत्रद्धारबाट बाहिर निकाल्न मदत गर्छ ।

माथि उल्लेखित टिप्सहरु विभिन्न अनुसंधान विज्ञद्धारा गरिएको विभिन्न्न अनुसंधान,तथ्याङक आधारमा यो लेख लेखिएको छ । यस लेखको माध्यमबाट पानीको मात्रा तालमेल मिलाएर पानी खान सकेमा शरीरमा कम्तिमा २० वटा रोगबाट छुटकरा पाउन सकिने भनेर विश्वास लिइएको छ ।

(लेखक सिताराम पंडित हाल सम्पदा लघुवित्त बित्तीय संस्थाको नायब महाप्रबन्धकको रुपमा कार्यरत छन् ।)

One comment on "पानी पिउने तालमेल र २० रोगबाट बच्ने उपाय"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.