२०८१ साउन ३१ गते १६:४१ विकासन्युज
काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रूपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.