पेट्रोल/डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

  २०८१ साउन ३१ गते २०:२२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको ५ रुपैयाँ र डिजेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो ।

। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर १६५ र डिजेल १५५ रुपैयाँ कायम भएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमको भनाइ छ । एलपीजी सिलिण्डरको मूल्य भने यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.