भक्तपुर नगरपालिकाले बिक्रीमा राख्यो २९ वटा घडेरी, न्यूनतम मूल्य ४७ लाख रुपैयाँ

  २०८१ भदौ २ गते ७:२७     विकासन्युज

काठमाडौं । भक्तपुर नगरपालिकाले साढे ५२ करोड बढीको घडेरी बिक्रीमा राखेको छ । भक्तपुर नगरपालिकाबाट सञ्चालित देको–मिठा–इतापाके जग्गा एकीकरण आयोजनाले ५२ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरका २९ वटा घडेरी बिक्रीमा राखेको हो ।

विकसित घडेरी प्लटहरू गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट बढाबढ मूल्यमा बिक्री गरिने आयोजनाले जनाएको छ । इच्छुकले ३० दिनभित्र आयोजना कार्यालयमा ३ हजार रुपैयाँ रकम बुझाई बोलपत्र फाराम खरिद गरी आफूले खरिद गर्न चाहेको प्लट कित्ता जग्गाको मूल्य उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

आयोजनाले उक्त २९ वटा घडेरीको न्यूनतम मूल्य ४७ लाख ४१ हजार रुपैयाँदेखि अधिकतम १३ करोड ७१ लख रुपैयाँसम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.