२०८१ भदौ २ गते १२:०८ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । २१ दिनका लागि राष्ट्र बैंकले तान्ने यो रकम भदौ २३ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकहरूलाई यसका लागि बोलकबोलमा भाग दिन आग्रह गरेको छ ।
यसअघि राष्ट्र बैंकले साउन ३० गते ४० अर्ब रकम संकलनको आह्वान गर्दा बैंकहरूले २५ अर्ब ८० करोड रकम राख्न प्रस्ताव हालेका थिए ।
राष्ट्र बैंकले उक्त समय २३ अर्ब ६० करोड उठाएको थियो । बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदर माग गरेका थिए ।
गत साउन ३१ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैंकमा बैंकहरूले विभिन्न उपकरणमार्फत् राखेको तीन खर्ब १२ अर्ब रूपैयाँ पाउन बाँकी छ ।
बजारमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपोमार्फत प्रशोचन गर्ने गर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.