२३ वटा लघुवित्तको खराब कर्जा ५ प्रतिशत माथि, लाभांशमा राष्ट्र बैंक लचिलो

  २०८१ भदौ ४ गते १०:३१     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म लघुवित्तको खराब कर्जा (एनपीएल) औसत ५.६९ प्रतिशत बिन्दुमा झरेको छ । अघिल्लो वर्ष लघुवित्त संस्थाहरूको एनपीएल ६.१० प्रतिशत बिन्दुभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको खराब कर्जा ०.४१ प्रतिशत घटेको तथ्याङ्कले देखाउँछ ।

तर ५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये २३ वटा लघुवित्तको खराब कर्जा भने ५ प्रतिशतभन्दा बढी रहेको छ । गत वर्ष सबैभन्दा धेरै कर्जा आत्मनिर्भर लघुवित्तको रहेको छ । अघिल्लो वर्ष ७.५८ प्रतिशत खराब कर्जा रहेको यस लघुवित्तको गत वर्ष १३.२२ प्रतिशत बिन्दुमा पुगेको हो ।

धेरै एनपीएल हुने लघुवित्तको दोस्रो नम्बरमा युनिक नेपाल लघुवित्त रहेको छ । अघिल्लो वर्ष १४.७१ प्रतिशत खराब कर्जा १३.३९ प्रतिशत रहेकोमा गत वर्ष १२.७४ प्रतिशत बिन्दुमा झरेको छ । 

यस्तै नेष्डो लघुवित्तको १२.५८ प्रतिशत, निर्धन उत्थान लघुवित्तको १०.६ प्रतिशत, समता घरेलु लघुवित्तको १०.४८ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९.९२ प्रतिशत, मातृभूमि लघुवित्तको ९.८५ प्रतिशत, नाडेप लघुवित्तको ८.२८ प्रतिशत बिन्दु खराब कर्जा रहेको छ ।

यस्तै स्वस्तिक लघुवित्तको ८.०८ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ७.९२ प्रतिशत, विजय लघुवित्तको ७.७४ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तको ७.६८ प्रतिशत, लक्ष्मी लघुवित्तको ७.४३ प्रतिशत, सामुदायिक लघुवित्तको ७.१६ प्रतिशत, फरवार्ड लघुवित्तको ६.८१ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको तथ्याङ्क छ ।

यस्तै ग्रामीण विकास लघुवित्तको ६.६५ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ६.६५ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ६.६ प्रतिशत, श्रृजनशील लघुवित्तको ६.४९ प्रतिशत, एनएमबि लघुवित्तको ६.३५ प्रतिशत, सूर्योदय वोमी लघुवित्तको ६.११ प्रतिशत, स्वरोजगार लघुवित्तको ५.५६ प्रतिशत र इन्फिनीटी लघुवित्तको ५.२९ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ ।

५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक तथा संस्थालाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्न सक्ने कानुनी व्यवस्था छ। राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही अगाडि बढाएर लाभांश वितरणदेखि नयाँ शाखा कार्यालय खोल्न नपाउने प्रावधान छ । तर, लघुवित्त वित्तीय संस्थाको हकमा भने खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएपनि लाभांश वितरणमा भने रोक लगाउने व्यवस्था छैन ।

नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष तथा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएपछि सिघ्र सुधारात्मक कारवाही अगाडि बढाउन सक्ने भएपनि लाभांश वितरणमा भने बन्देज नरहेको बताउँछन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपाल ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएको लघुवित्तलाई लाभांश वितरणमा कुनै कडाइ नरहेको बताउँछन् । तर, शाखा कार्यालय विस्तार गर्न भने नपाउने उनको भनाइ छ ।

‘५ प्रतिशत भन्दा बढी एनपीएल भएका लघुवित्तले लाभांश वितरण गर्न पाउँछन्, लाभांश वितरणका लागि खराब कर्जाको सीमा तोकेको छैन,’ उनले भने, ‘खराब कर्जा बढी छ । तर, नाफा बाँड्ने रकम छ भने फरक पर्दैन । शाखा कायालय खोल्न भने पाउँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.