युरो र पाउण्डको मूल्य बढ्यो, यस्तो छ अन्य देशको मुद्रा भाउ

  २०८१ भदौ ५ गते ६:२८     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.३८ रुपैयाँ र खरिददर १३३.८९ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४८.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.८५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.८५ रुपैयाँ र बिक्रीदर १७४.६३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.०५ रुपैयाँ र बिक्रीदर ९०.४५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.२६ रुपैयाँ र बिक्रीदर ९८.७० रुपैयाँ तोकिएको छ ।

हिजो युरोपियन युरो एकको खरिददर १४७.७७ रुपैयाँ र बिक्रीदर १४८.४३ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.८६ रुपैयाँ र बिक्रीदर ९८.३० रुपैयाँ तोकिएको थियो ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६५ रुपैयाँ र बिक्रीदर ३५.८१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको छ ।

हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.